
काठमाडौं, १६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको मन्त्रालयले जनाएको छ। आद देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७३ निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ।