images

सेयर बजार ७७.०१ अंकले घट्दा नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं २७ असार । आज नेप्से उच्च अंकले घटेको छ । सेयर बजार ७७.०१ अंकले घट्दा नेप्से परिसूचक १९१५.६१ अंकमा आएको छ । २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बराबरको आज सेयर कारोबार भएको छ । २ सय २७ वटा कम्पनीको आज ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर खरिदबिक्री भएको हो ।

२ सय २७ वटा कम्पनी मध्ये ६ वटा मात्रै कम्पनीको सेयर मूल्य सामान्य अंकले वृद्धि भएको छ । आज सानिमा बैंकको ऋणपत्र २ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो । हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ११ करोड ४ लाख बराबरको सेयर कारोबार भएको हो ।