images

देशमा संघीय चुनाव विदेशमा मतदाता ?

काठमाडौँ २७ असार । देशमा रोजगारीको अभावका कारण दैनिक हजारौं युवा रोजगारी र पढाइको अवसर खोज्दै विदेशीने गरेका छन् । विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्ने भन्दै यस अघि बहस हुदै आएको थियो । सर्वोच्च अदालतले समेत २०७४ सालमै विदेशमा रहेका नेपाली नागरिक लाई आफ्नो मताधिकार प्रयोग गर्न पाउने ब्यबस्था गर्न सरकारलाई आदेश समेत दिएको थियो । तर राजनैति दल र सरकारले उचित प्रबन्ध गर्न नसक्दा विदेशमा रहेका लाखौं नेपाली नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न पााएका छैनन् ।

आगामी मंसिर २२ गते २०७४ सालमा चुनिएका प्रतिनिधिहरूको समय अवधि सकिदै छ । नेपालको संविधानले हरेक पाँच बर्षमा आवधिक निर्वाचनको ब्यबस्था गरेको छ । नेपालका अधिकांश युवा रोजगारी र उच्च शिक्षा अध्ययनका लागि विश्वका विभिन्न मुलुकमा छन् । नेपालको मुलधारको राजनीतिमा पुराना पुस्ताले नछोडेको गुनासो सुनिन्छ । लाखौ युवा विदेशमा छन् । चुनावताका विदेशमा रहेका नेपालीको मताधिकार बारे बहस हुने गरेको भए पनि नीतिगत जटिलता अझै कायामै छ । राजनीतिक दल र सरकारले संसद मार्फत विध्येक मार्फत नीतिगत ब्यवस्था गरे चुनावमा विदेशमा रहेका नेपाली युवालाई समेट्न सकिने निर्वाचन आयोगले बताएको छ ।

जुन देशको जनसंख्या करिब तीन करोड छ त्यै देशको पचासौं लाख युवा उच्च शिक्षा अध्ययन र रोजगारीको सिलसिलामा देश बाहिर छन । विदेशमा रहेका युवाले आफ्नो मताधिकार प्रयोग गर्ने ब्यवस्था मिलाउन सके अहिलेको राजनीतिक परिपाटि नै फेरीने राजनैतिक विश्लेषकहरू बताउँछन् ।
 

विश्का धेरै देशमा नयाँ प्रविधि मैत्री भोटिङ प्रणलीको विकास भइसकेको छ । तर नेपालमा परम्परागत शौली बाट निर्वाचन हुदै आएको छ । विदेशमा रहेको पचासौ लाख नेपाली लाई मतदान प्रक्रियामा सहभागी गराउन सक्ने हो भने मात्रै पनि देशले कुशल नेतृत्व पाउने सम्भावना रहने थियो ।