images

साउन यता डेंगुु संक्रमणबाट ३२ जनाको मृत्यु

काठमाडौं, ११ असोज । नेपालमा साउनयता डेंगुु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सोमबार थप एक हजार ५१ जनामा संक्रमण देखिएको छ । हालसम्म २५ हजार पाँच सय ४३ जनामा संक्रमण पुष्टि भएको छ, जुन नेपालमा हालसम्मकै धेरै हो ।

डेंगु संक्रमण पुष्टि भएका झन्डै पाँच गुणाभन्दा बढी संक्रमित समुुदायस्तरमा रहेको अनुमान गरिएको महाशाखाले जनाएको छ । गम्भीर लक्षणसहितका बिरामी मात्रै उपचारका लागि अस्पताल पुुग्ने गरेको र अधिकांशले घरमै औषधि सेवन गरेर बसेको पाइएको चिकित्सकहरू बताउँछन् ।

हालसम्म सबैभन्दा धेरै काठमाडौंमा आठ हजार आठ सय ९६, ललितपुरमा ६ हजार ३५ र मकवानपुरमा दुई हजार दुुई सय ७५ जनामा संक्रमण देखिएको छ । दाङमा एक हजार दुई सय ७८, भक्तपुरमा एक हजार ५८, रुपन्देहीमा सात सय २५, चितवनमा ६ सय एक र धादिङमा चार सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । महाशाखाले हालसम्म ७५ जिल्लामा डेंगु फैलिएको जनाएको छ ।

सबैभन्दा उच्च संक्रमण देखिएको काठमाडौंका सरकारी र निजी अस्पताला गम्भीर लक्षणसहितका बिरामीको भिड घट्न सकेको छैन । डेंगु संक्रमितमा चिकित्सकसँग परामर्श गरेर सिटामोलको प्रयोग मात्रै उपचारको विकल्प भएकाले अस्पताल भर्नादर भने सामान्य रहेको चिकित्सक विमल चालिसेले बताउनुभयो ।