images

काठमाडौं महानगरद्वारा चाडपर्व लक्षित बजार अनुगमन, उपभोक्ता ठग्नेलाई कारवाहीको चेतावनी

काठमाडौं, ११ असोज । काठमाडौं महानगरपालिकाले दशैँ लक्षित बजार अनुगमन गरेको छ ।

महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो । उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टे«सन गरे÷नगरेको सामानको उत्पादन मितिको जाँच गरिएको थियो । उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैँपछि पनि अनुगमनलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

उहाँले उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।।।