images

कार्की बने सर्वोच्चका कामु प्रधानन्यायाधिश

काठमाडौं, १२ असोज । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत भ्रमणमा गएसँगै वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बन्नु भएको सर्वोच्च प्रशासनले जनाएको छ । कार्कीले यही असोज १५ गतेबाट उमेर हदका कारण अवकास पाउँदै हुनुहुन्छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोग नटुंगिएकाले विगत ८ महिनादेखि निलम्बनमा हुनुहुन्छ । राणा निलम्बनमा परेपछि कार्की कामु प्रधानन्यायाधीशको भूमिकामा हुनुहुन्थ्यो भने अहिले हरिकृष्ण कार्कीले पनि कामु प्रधानन्यायाधीशकै जिम्मेवारी पाउनुभएको हो ।