 
                                काठमाडौं, १२ असोज । सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
आफन्तको बिहेमा पुगेर बाँकेबाट सल्यान फर्केको जीप विहान ३ बजे दुर्घटना भएको हो । सल्यानको कपुरकोट गाउँपालिका–३ रिमको मुलपानी नजिकै रा.१ ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा उहाँहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ । सो दुर्घटनामा जीप चालक कपुरकोट गाउँपालिका वडा नं ६ जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोप बहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।
घटनामा गम्भीर घाइते कपुरकोट गाउँपालिका ६ जलवाङकै ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा ९ जना सवार रहेको र जिप अनियन्त्रित भइ सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएका छन् । सो घटनामा एकै परिवारका ५ जनाले ज्यान गुमाएका छन् ।।।


 स्पेस समाचार
                                                                                स्पेस समाचार                                     
                                                        




