images

टिकटको विषयलाई लिएर कांग्रेसभित्र चरम असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले गठबन्धनका नाममा कांग्रेसको गढ अन्य दललाई बुझाउने काम भएको बताउनुभएको छ ।

शेखर–गगन पक्षको भेलामा सहभागी नेता खड्काले कांग्रेसको वर्चस्व भएको क्षेत्रमा गठबन्धनको उम्मेदवार दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । २३ गते मनोनयन दर्ता गर्ने समय सीमा तोकिएको भन्दै खड्काले अझै केही दिन बाँकी रहेकोले सभापति शेरबहादुर देउवालाई सुधार गर्न सुझाव दिनुभयो । आवश्यकता र औचित्यको आधारमा टिकट दिनुपर्नेमा उहाँको जोड थियो ।

उहाँले स्थानीय तहमा प्रतिशत माग नगरिएको भन्दै यस पटक सिट बाँडफाँटमा आफ्नो पक्षलाई ४० प्रतिशत हुनुपर्नेमा जोड दिनुभयो । यसअघि असोज ८ गतेको खबरदारी भेलामा पनि शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्नेमा जोड दिनुभएको थियो ।