images

मनास्लु क्षेत्रमा फसेका ८ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं, २० असोज । मनास्लु क्षेत्रमा फसेका दुई इजरायली पर्यटकसहित ८ जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण गोरखाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिक र छ जना नेपालीको उद्धार गरिएको हो ।

मनास्लु क्षेत्रमा पर्ने न्याक गाउँमा इजरायली नागरिकहरु ओरी ओरअफ र यरीभ बोर्ट र ६ जना नेपाली नागरिकहरू फसेका थिए । पहिरोमा फसेका नेपाली नागरिकहरुमा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पा रहेका थिए । उनीहरुलाई नेपाली सेनाको उद्धार टोलीले शुक्रबार हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याएको हो । उद्धार गरिएका आठै जनाको अवस्था हाल सामान्य रहेको नेपाली सेनाले जानकारी दिएको छ ।