images

यी हुन एकीकृत समाजवादीका उम्मेदवारहरु, माधव नेपाल रौतहट फर्किए

काठमाडौँ, २१ असोज । नेकपा (एकीकृत समाजवादी)ले संघीय प्रतिनिधि सभाका लागि आफ्ना प्रमुख नेताहरुको नाम तय गरेको छ । पार्टी अध्यक्ष माधव नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने भएका छन भने अर्का बरिष्ठ नेता झलनाथ खनाल इलामबाट निर्वाचन लड्ने भएका छन् । एकीकृत समाजवादीले गठबन्धनबाट १९ सिट पाएको छ।

एकीकृत समाजवादीले यसपटक आफ्ना अध्यक्ष माधव नेपाललाई रौतहट १ बाट उम्मेदवार बनाउने जनाएको छ । त्यसैगरी नेता झलनाथ खनाललाई उनको पुरानै निर्वाचन क्षेत्र इलाम १ बाट उठाउने भएको छ। माधव नेपालले २०७४ मा एमालेबाट जितेको काठमाडौं २ भने समाजवादीले छाडेको छ।

त्यसैगरी एसमाजवादीकी नेतृ रामकुमारी झाँक्री गुल्मी २ बाट उठ्ने भएकी छन भने पर्यटन मन्त्री बनेर चर्चामा आएका नेता प्रेमबहादुर आले डोटीबाट उम्मेदवार बन्ने भएका छन् ।

एकीकृत समाजवादीबाट कुन क्षेत्रमा को उम्मेदवार ?

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ – जगनाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ – किसान श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ – राजेन्द्र पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल /शिवजी गुरुङ
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ – मेटमणी चौधरी
१४. सल्यान – प्रकाश ज्वाला
१५. डोल्पा – धन बहादुर बुढा
१६. दैलेख क्षेत्र न. १ – अम्बर बहादुर थापा
१७. अछाम क्षेत्र न. १ – शेर बहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेमबहादुर आले