images

अकस्मात स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

काठमाडौं, २२ असोज । अकस्मात स्वास्थ्यमा खराबी देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले शुक्रबारदेखि एकाएक स्वास्थ्य समस्या बढेको जानकारी दिए । उनले राष्ट्रपतिलाई ‘रुघा खोकी र ज्वरो बढेको जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल स्रोतले राष्ट्रपति भण्डारीको उपचार भइरहेको जानकारी दिएको छ ।