images
images

मस्कले बनाए मानिसको सबै काम गर्न सक्ने रोबोट

काठमाडौँ । अमेरिकी अर्बपति इलोन मस्क मंगल ग्रहमा मानव बस्ती बनाउने योजनामा छन्। टेस्ला र स्पेसएक्स जस्तो कम्पनी निर्माण गरिसकेका मस्कले यसै सिलसिलामा एक मान रोबोट अप्टिमस सार्वजनिक गरेका छन्। मस्कले आफ्नो रोबोटको व्यवसाय कारको तुलनामा धेरै सफल हुने बताएका छन्।

रोबोट सार्वजनिक कार्यक्रममा रोबोट स्टेजमा हिँडेको थियो भने त्यहाँ उपस्थित मानिससँग हात पनि मिलाएको थियो। उक्त कार्यक्रममा मानिसहरुलाई देखाइएको भिडियोमा रोबोटले विरुवामा पानी हाल्नेजस्ता केही मानिसले गर्ने काम पनि गरेको देखाइएको थियो।

क्यालिफोर्नियाको टेस्ला अफिसमा आयोजित समारोहमा मस्कले छिटै नै उपयोगी मानव रोबोट बनाउने आफ्नो उद्देश्य रहेको बताए।

मस्कले गत वर्षको अगष्टमा मानव रोबोटको योजना अघि सारेका थिए। यस वर्ष आफ्नो प्रोटोटाइपको अन्तिम रुप दिन उनले यो कार्यक्रम सेप्टेम्बरको अन्तिममा राखेका हुन्।

अब आगामी वर्षबाट उनले यसको व्यावसायिक उत्पादन गर्न सक्ने अनुमान गरिएको छ। एरिजोना स्टेट युनिभर्सिटीमा रोबोटिक्सका प्रोफेसर हेनी बेन अमोरले मानिसको जस्तो हात निर्माण गर्नु र मानिसले जस्तै काम गर्ने गरी रोबोट निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताए।

मस्कका अनुसार सुरुमा रोबोटले मानिसलाई जोखिम बढी हुने काम गर्नेछ। मस्कले भविष्यमा भने यसको काम बढ्दै जाने बताएका छन्। उनका अनुसार भविष्यमा घरेलु काम गर्नुका साथै रोबोट मानिसको यौन पार्टनर पनि बन्न सक्छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS