images

एकीकृत समाजवादीका प्रमुख नेताहरुले कहाँ कहाँबाट गरे उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रत्यक्षतर्फ उनले मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएपछि अधयक्ष नेपालले मुलुकमा राजनीतिक प्रणालीका साथै संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन जनताले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

नेकपा एसबाट सम्मानिता नेता झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी दिएका छन् । पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ १, पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगनाथ खतिवडा उदयपुर २ बाट उम्मेदवारी दिएका छन् ।

संस्कृति नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौँ ८, सहरी विकासमन्त्री मेटमणि चौधरी दाङ १, श्रम, रोजगार तथा सामाजिकमन्त्री शेरबहादुर कुँवरले अछाम १ बाट उम्मेदवारी दिएका छन् ।

पार्टीका नेता किसान श्रेष्ठ बारा क्षेत्र ४, कृष्णलाल महर्जन ललितपुर २, विरोध खतिवडा मकवानपुर २, श्रीनाथ बराल कास्की २, रामकुमारी झाँक्री गुल्मी २, सोमप्रसाद पाण्डे पाल्पा २, राजु गुरुङ रुपन्देही २, प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख १, भानुभक्त जोशी बझाङ, प्रेमबहादुर आलेले डोटीबाट उम्मेदवारी दिउका छन् ।