![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2022/01/Sher-Bahadur-Deuba.jpg?fit=1440%2C801&ssl=1)
काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक निर्वाचनमा सहभागी हुन खोजेका हुन् । उनको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजू राणा देउवाले उम्मेदवारी दर्ता गराएकी हुन् ।
देउवाको कार्य व्यस्तताले वारिसनामासहित प्रधानमन्त्री पत्नी राणा शनिबार बेलुका डडेल्धुरा पुगेकी थिइन् ।