images

देशभर २,१२८ उम्मेदवारहरूले गराए उम्मेदवारी दर्ता

देशभर हालसम्म २ हजार १२८ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै हालसम्म देशभर १९३७ पुरुष र १९१ महिला गरी कूल २१२८ उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज आइतबार उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जारी रहेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म ताकेको थियो । उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी रहेको आयोगले जनाएको छ ।