![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2022/10/Bidhya-Bhandari-rastrapati.jpg?fit=810%2C485&ssl=1)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न ७ आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगहरूले राष्ट्रपतिसमक्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदन पेश गर्नेमा मधेसी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोग रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।