images
images

होण्डाको तिहार एक्सचेन्ज महोत्सवमा आकर्षक ग्राहकमुखी उपहार योजना

काठमाडौँ । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ।

यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैं/तिहार योजना रोज्न सकिने कम्पनीले जनाएको छ।

त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन रु. ५० हजार पाउनेछन्।

योजना २०७९ कार्तिक १ देखि ६ गतेसम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ।

नेपालमा अत्यधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS