images
images

दशौँ राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि कर्णालीमा

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भएको छ।

पोखरामा नवौँ राष्ट्रिय खेलकुद समापनका अवसरमा बिहीबार सो जानकारी दिइएको हो। प्रतियोगिता विस. २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना हुने छ।

गण्डकी प्रदेशको पोखरामा असोज २८ गतेदेखि शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन भएको छ।

समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा हस्तान्तरण गरेका छन्।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र संज्यालका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समामनसँगै अब कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने निश्चित भएको हो।

यस्तै, कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको बिहीबार झण्डा ग्रहण गरे पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट भने राष्ट्रिय खेलकुद परिषद्को बैठकले राराबाट सार्वजनिक गर्ने भएको छ।

स्वर्गकी अप्सरा भनेर चिनिने कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको चर्चित पर्यटकीय स्थल रारामा बस्ने राष्ट्रिय खेलकुद परिषद्को बैठकको सञ्चालन भने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले गर्ने छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS