images

सामान्य विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ओखलढुंगाको सिद्धिचरण नगरपालिक ११ सोब्रुमा महिलाको हत्या भएको छ । महिलाको हत्या आरोपमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामबहादुर राई रहेका छन् । उनले चिर्पट प्रहार गर्दा ३३ वर्षीय कल्पना खड्का राईको हत्या गरेको प्रहरीले जनाएको हो । दुई जनाबीच सामान्य विवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमतीलाई चिर्पट प्रहार गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका घर भएका उनीहरू विगत तीन वर्षदेखि ओखलढुंगामा बस्दै आएका थिए । शुक्रबार साँझ ७ बजेतिर घटना घटेको भए पनि स्थानीयले प्रहरीलाई शनिबार बिहान मात्रै खबर गरेको थियो ।