images
images

कालीगण्डकीमा हामफालेर एक व्यक्ति बेपत्ता

काठमाडौं । गुल्मी र स्याङ्जाको संगमस्थल कालीगण्डकीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन्।

स्याङ्जा र गुल्मी जोड्ने आँधिमुहान पुलबाट हाम फालेर कालीगण्डकी गाउँपालिका-१ गुल्मी हर्मिचौर निवासी ३५ वर्षीय टेकराज पाण्डेय बेपत्ता भएको जैपते चौकीमा कार्यरत प्रहरी जवान राजु बाँनियाले जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान टेकराजले करिब ११ बजेको समयमा कालिगण्डकीमा हाम फालेका थिए। त्यसपछि उनी बेपत्ता भएका हुन्।

मिर्मी आधिमुहान ड्यामको पानी छोडिएकोले बेपत्ताको खोजी गर्न गाह्रो भएको स्थानीय सुमन पाण्डेयले जानकारी दिए।

बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS