images

प्रभावकारी बन्दै विपद् जोखिम न्युनिकरणसम्बन्धी सचेतनामुलक कार्यक्रम

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा विपद् जोखिम न्युनिकरणसम्बन्धी सचेतनामुलक कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ ।
गाउँगाउँमा पुगेर प्राकृतिक विपद्जन्य घटना हुन नदिन र भइसकेपछि अधिक क्षति हुनबाट रोक्ने अभियानले सफलता हात पार्दै गएको हो । युरोपियन युनियन र रेडक्रसको सहयोगमा आयोजना भइरहेको विपद्जन्य घटनाहरुको न्युनिकरण र रोकथामका लागि घरमै पुगेर विशेषज्ञहरुले जानकारी गराउने अभियानले धेरै हदसम्म जोखिम कम गरेको स्थानीयहरुको भनाइ छ ।

विपद्ग्रस्त क्षेत्रका स्थानीयहरुलाई विपद्का घटनाहरुको जानकारी र सावधानीका उपायहरुबारे परामर्श दिइने सुपर परियोजनाका कार्यक्रहरुले आम नागरिकलाई विपद्जन्य घटनाका कारण हुने क्षति कम गर्न सहयोग पुगेको धनगढी उपमहानगरपालिकाकी स्थानीय पूजा भट्ट । तालिमले विपद् आउनुपूर्वको तयारी र आइसकेपछि कसरी त्यसलाई धेरै क्षति हुनबाट रोक्नेकुरा सिकाएको बताउनु भयो ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका दमकल चालक मिनबहादुर खड्का विपद् आउँदा कसरी क्षति न्युनिकरण गर्ने भन्नेबारेमा धेरै जनचेतना पाएको बताउनु हुन्छ । उहाँले विपद्लाई कम गर्नका लागि आवश्यक परेको खण्डमा विकल्प राखेर अघि बढ्नुपर्ने आवश्यक्ताको खाँचो रहने कुरा तालिमबाट सिकेको बताउनु भयो ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका अर्का स्थानीय सुरेश साउत विपद्का घटनामा आफ्नो सुरक्षासहित कसरी अन्य व्यक्तिको सुरक्षा गर्ने भन्नेकुरा तालिमबाट राम्रोसँग सिकेको बताउनु हुन्छ ।

त्यस्तै व्यवसायी एवं स्थानीय सञ्जयकुमार पन्तले विपद्सम्बन्धी तालिमले धेरै कुरा सिकाएको बताउनु भयो । उहाँले यस्ता तालिमहरुको दायरा हरेक गाउँगाउँमा पु¥याउनसके विपद्का घटनाहरुलाई कम गर्न सकिने बताउनु भयो । उहाँले यस्ता जनचेतनामुलक कार्यक्रमहरु विद्यालयबाट शुरु गर्नुपर्ने बताउनु भयो ।

विद्यार्थीहरुलाई यस्ता जीवनोपयोगि तालिमहरु दिनसके हरेक विपद्का दुर्घटनाबाट जनधनको कम क्षति हुने निश्चित रहेको बताउनु भयो । त्यस्तै अर्की स्थानीय नाज्मा सलमानीले तालिमका कारण आफ्नै घरमा पनि ठूलो दुर्घटना हुनबाट जोगिएको बताउनु भयो । उहाँले आफ्नो घरको सम्भावित दुर्घटनालाई तालिमले नै जोगाएको बताउनु भयो ।

त्यस्तै अर्की स्थानीय फोरन सलमानीले आमाले तालिमबाट सिकेको सीपका कारण घरमा आगो लाग्नबाट जोगिएको बताउनु भयो । उहाँले परिवारका सबै सदस्यहरु डराइरहेको बेलामा आमाले भनेको कुराको पालना गर्दा पानीमा सल भिजाएर आगो लागिरहेको सिलिण्डरलाई थप आगो लाग्नबाट रोकेको बताउनु भयो ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका दमकल फायरम्यान चन्द्रबहादुर पार्कीले आफूले तालिमबाट सिकेका कुराहरुलाई आम समुदायमा पनि सूचना प्रशारित गर्ने गरेकाले धेरै कुराको जोखिमलाई सहजै नियन्त्रणमा ल्याउन र समाधान गर्न मद्दत पुगेको बताउनु भयो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढी र आगलागीको प्रमुख जोखिमपूर्ण स्थान सुदूरपश्चिम भएकाले पनि सरकारले प्राथमिकता दिने गरेको बताउनु भयो । उहाँले भौगोलिक र प्राकृतिक दृष्टिबाट पनि धेरै असुरक्षित स्थान भएकाले सुदूरपश्चिमलाई सरकारले विशेष प्राथमिकता दिएर विपद्का घटनाहरुको रोकथाममा सहयोग गरिरहेको बताउनु भयो । उहाँले क्षति न्युनिकरणका लागि जनतालाई चेतना फैलाउने कार्यक्रमहरु अघि सार्नुपर्ने बताउनु भयो ।

धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमालले धनगढीमा विपद् नआउँदासमेत विपद्जस्तो परिस्थितिको सामना गर्नु परिरहेको बताउनु भयो । उहाँले धनगढीमा डुबानको समस्या धेरै हुने गरेको बताउनु भयो । खोला, नदीको बहावलाई अवरुद्ध र अतिक्रमण गर्ने कार्यले गर्दा सामान्य वर्षामा पनि विपद्काके सामना गर्नुपरेको बताउनु भयो । उहाँले उपमहानगरपालिकाले अबको ५ वर्षमा प्राकृतिक वहावलाई पूर्ववत अवस्थामा ल्याइ प्राकृतिक दुर्घटना हुन नदिनका लागि काम थालेको बताउनु भयो ।

पूर्व सूचनाका कारण यसवर्ष भने खेतमा धान डुबेको छ भनेर गुनासो नगरेको बताउनु भयो । उहाँले पूर्व सूचनाबाट नै क्षति काम गर्न सकिन्छ भन्ने अवधारण लिएर काम गरिरहेको बताउनु भयो । उहाँले अहिले उपमहानगरपालिकामा २४ सै घण्टाका लागि नगरप्रहरी खटाइएको बताउनु भयो ।

त्यस्तै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले उपमहानगरपालिकाले युरोपियन युनियन र रेडक्रसको सहयोगमा विपद् न्युनिकरणका लागि आपत्कालीन व्यवस्था केन्द्र स्थापना गरी काम गरिरहेको बताउनु भयो । उहाँले उपमहानगरपालिकाले विपद् न्युनिकरणका लागि बजेट छुट्याएको र त्यसैअनुसार काम भइरहेको बताउनु भयो ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले सुपर परियोजना अन्तर्गत युएनडिपीको कार्यक्रमका कारण आएका प्राविधिक समस्याहरुको समाधानका उपायहरु जान्ने अवसर पाएको बताउनु भयो । उहाँले तालिमले घटना हुनुपूर्वाभ्यासमा जोड दिएको बताउनु भयो ।

त्यस्तै विपद्सम्बन्धी विज्ञ.डा. सिर्जन मल्लले युरोपियन युनियनको परियोजनाअन्तर्गत अहिलेसम्म धनगढीको अमरगढी नगरपालिका, बझाङको जयपृथ्वी नगरपालिका, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा विपद् सम्बन्धी तालिम अभ्यास गराइसकेको बताउनु भयो । उहाँले विज्ञहरुले नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प जानसक्ने आँकलन गरिरहेकाले त्यसको पूर्व तयारीस्वरुप कार्यक्रमलाई अघि बढाएको पनि जानकारी दिनुभयो ।

उहाँले नेपालमा विपद् व्यवस्थापनमा पालिका स्तरमा सरकारी स्तरबाट क्षमता विकासमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले पालिका स्तरमा लगानी बढाउन जोड दिने र आम नागरिकहरुको क्षमता विकास गरी सम्भावित विपद्बाट बच्न सिकाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका सूचना अधिकृत इन्जिनियर अनुप भट्ट विपद् जोखिम न्युनिकरणका लागि प्रविधिमैत्री रुपमा अघि बढ्नका लागि उपमहानगरपालिकाले अध्ययन गरिरहेको बताउनु भयो । उहाँले विपद् व्यवस्थापनका लागि पहिलो महत्वपूर्ण कुरा भनेको सूचना भएकाले सूचनालाई सबैको पहुँचमा पु¥याउन आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सुपरपरियोजनामा धनगढी उपमहानगरपालिकाका नगरप्राविधिक अधिकृत विराज पोखरेलले केन्द्रिय स्तरमा राष्ट्र विपद् प्रतिकार्य कार्यढाचालाई प्रदेशस्तरमा पनि बनाउनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम गरेको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले नागरिकको चेतनास्तरमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको सुपर प्रोजेक्ट कार्यक्रममा कार्यरत प्रदेश प्राविधिक अधिकारी प्रगति भट्टराईले सुपर प्रोजेक्टले सुदूरपश्चिम प्रदेशमा स्थानीयस्तरदेखि प्रदेश सरकारसँग मिलेर विभिन्न विपद् न्युनिकरणका कार्यक्रम गरिरहेको बताउनु भयो । उहाँले शहरी विपद् र भूकम्प प्रतिकार्यमा तीनै तहका सरकारसँग समन्वय गरेर काम गरिरहेको बताउनु भयो । उहाँले प्रदेश सरकार, जिल्ला र स्थानीय तहले विपद् न्युनिकरणका लागि बजेट छुट्याए पनि प्रभावकारी हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै सुपर प्रोजेक्टले बजेट खर्च गर्ने र प्रभावकारी बनाउनका लागि पनि विभिन्न उपायहरुमा सहजीकरण गर्दै आएको बताउनु भयो । उहाँले सरकारहरुसँग नीनि नहुँदा छुट्याएको बजेट पनि विपद्जन्य कार्यका लागि प्रयोगमा आउन नसकेको गुनासो गर्नुभयो । उहाँले विपद्को लागि धेरै बजेट छुट्याउनको ठाउँमा पूर्वतयारीका लागि ध्यान दिने हो भने सम्भावित दुर्घटनाबाट जोगिने बताउनु भयो ।

प्रदेश प्राविधिक अधिकारी भट्टराईले विपद् जोखिम न्युनिकरणका लागि प्रदेश र स्थानीय सरकारले पनि पछिल्लो समय ध्यान दिने गरेको र प्रदेश सरकारबाट बोलाइएका बैठकमा उपस्थित जनाउने गरेको बताउनु भयो ।