images
images

‘जासुसीको जालो’ का लेखक पत्रकार सरोजराज अधिकारी होटलमा मृत फेला

काठमाडौं । पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला परेका छन्।

अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले सेतोपाटीलाई जानकारी दिए।

एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन्।

‘निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गर्‍यो। ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखियो,’ एसएसपी बोहोराले भने, ‘त्यहाँ गएर जाँच गर्दा होटलमा उनले नाम इन्ट्री गरेको देखियो। उनकी श्रीमती र प्रहरी गएर कोठामा जाँच गर्दा अधिकारी पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।’

अधिकारीको मृत्यु छ बजेदेखि ७ बजेभित्र भएको अनुमान भए पनि उनी दुई दिनदेखि त्यहीँ बसेको देखिएकाले यकिन नभइसकेको उनले बताए। अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ।

कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरिसकेका अधिकारीका ‘धम्बोजी, ‘नोरा’, ‘जासुसीको जालो’ र ‘चक्रव्यूहमा चन्द्रसूर्य’ किताब पनि प्रकाशित छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS