images
images

कलाकार जेरी र शंकरले अन्ततः गरे सम्बन्ध विच्छेद पत्रमा हस्ताक्षर, भावुक हुँदै जेरीले भनिन- दोष कसको…

काठमाडौँ । दोहोरी कलाकार जोडी शंकर क्षेत्री र बबिता बानियाँ ‘जेरी’ले दोहोरी कलाकार शंकर क्षेत्रीले श्रीमती बबिता बानियाँ (जेरी) सँग सम्बन्ध विच्छेद गरेका छन्। बिहिबार उनीहरुले कानुनी रुपमै वैवाहिक सम्बन्धलाई अन्त्य गरेका हुन् ।

लामो समयदेखिको विवादका कारण सामाजिक सञ्जाल तताइरहेका उनीहरुले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर डिभोर्स गरेका हुन्। उनीहरुले सहमतिमै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया नपुगेर उनीहरुको डिभोर्स भइसकेको थिएन। बिहीबार अदालत पुगेर सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरेका हुन्। तीन वर्षअघि बिहे गरेका उनीहरुबाट एक छोरीको जन्म भएको छ। छोरीको उमेर सानै भएकाले अहिले आमासँगै बस्ने र लालनपालनको जिम्माचाहिँ शंकरले लिनुपर्ने सहमति भएको छ।

सम्बन्ध विच्छेदपछि भावुक भएकी जेरीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई…मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पर्‍यो समयले…तिमीले दिएका हर आँशुको थोपालाई मोती बनाउने कोसिस गर्ने छु…आजबाट अलग भइयो।’

उनीहरु दुवैजना लोकदोहोरी गायनबाट चर्चामा आएका थिए। दुवैले मिलेर दुईवटा दोहोरी साँझ पनि खोलेका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS