images
images

पाकिस्तानलाई हराउँदै इङ्ल्यान्डले जित्यो विश्वकपको उपाधि

काठमाडौं । पाकिस्तानलाई हराउँदै इङ्ल्यान्डले आईसीसी पुरुष टी–२० विश्वकपको उपाधि जितेको छ।

अस्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनल खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इङ्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले ५२, जोस बटलरले २६, ह्यारी ब्रुकले २०, मोइनल अलीले १९ र फिल साल्टले १० रन बनाए।

पाकिस्तानका लागि ह्यारिश रौफले दुई, शाहिन शाह अफ्रिदी र शादब खानले एक–एक विकेट लिए।

यसअघि टस हारेर  ब्याटिङको निम्तो पाएको पाकिस्तानले आठ विकेटको क्षतिमा १३७ रन बनाएको थियो। पाकिस्तानका लागि शान मक्सुदले ३८, बाबर आजमले ३२, शादब खानले २० र मोहम्मद रिजवानले १५ रन बनाए।

इङ्ल्यान्डका लागि साम कुरानले तीन, अदिल शसिद र क्रिस जोर्डनले दुई–दुई तथा बेन स्टोक्सले एक विकेट लिएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS