images

एमाले महासचिवलाई पराजित गदै माओवादीकी रेखा शर्मा बिजयी

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । पोखरेल माओवादी केन्द्रकी स्थायी कमिटि सदस्य रोखा शर्मासँग पराजित भएका हुन् । दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई पराजित गरेकी हुन् ।

पोख्रेललाई करिब १९७ मतअन्तरले रेखाले पराजित गरेकी हुन् । रेखाले २६८७७ मत पाउादै बिजयी बनेकी हुन् । प्रतिद्दन्द्दी एमाले महासचिव पोखरेलले २६६८० मत ल्याएका थिए ।

औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो । शंकर भने २०५१ को चुनावमा जितेपछि त्यसयता प्रतिनिधिसभामा आउन सकेका छैनन । उनले ०७४ को चुनावमा प्रदेश सभामा जितेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए । तर उनलाई संघीय संसदको चुनाव भने फाप्न सकिरहेको छैन ।