images

तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

तनहुँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ मा विजयी भएका छन् । पौडेलले २५ हजार ३१३ मत पाएर जित हात पारेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९९२५ मत पाए । दुईजनाबीचको मतान्तर ५३८८ छ ।

आयोगले केहीबेरमा आधिकारिकरूपमा परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६८७७ मत प्राप्त गरेका छन् ।

०७४ सालको चुनावमा पौडेल सोही क्षेत्रमा तत्कालिन एमाले उम्मेदवार किसन श्रेष्ठसँग पराजित हुन पुगेका थिए । श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन् । श्रेष्ठले उक्त क्षेत्र छोडेर पौडेललाई सहयोग गदैं बारा ४ गएपछि पौडेललाई त्यहाँ जित निकाल्न सहज भएको हो । श्रेष्ठले पनि बारा ४ बाट चुनाव जितिसकेका छन् ।