images

थापाथलीमा प्रहरी र सुकुम्बासीबीच झडप

काठमाडौं, १२ मंसिर । वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउन गएको प्रहरी टोली र सुकुम्बासीबीच झडप भएको छ ।

सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोली थापाथली पुगेको हो । बस्ती हटाउन डोजरसहित गएको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा गरेका छन् । झडपमा सुकुम्बासी बस्ती खाली गराउन पुगेका महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् ।

सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते भएका हुन् ।

नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रहरी माथि ढुंगा प्रहार हुँदा घाइते भएका हुन् । घाइतेहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइते भएका नगर प्रहरीको अवस्था सामान्य रहेको छ । घाइते हुनेमा अधिकांश नयाँ भर्ती भएका नगर प्रहरी रहेका छन् ।