images

इन्द्रचोकमा दिउसै चक्कु हानिएका चिनियाँ नागरिकको मृत्यु

काठमाडौं । काठमाडौंको ईन्द्रचोकमा आइतबार बिहान आक्रमण गरिएका एक चिनियाँ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार बिहान करिव ११ बजे इन्द्रचोकमा दुई चिनियाँ नागरिकमाथि अर्का चिनियाँले नै चक्कु प्रहार गरेका थिए ।

चक्कुप्रहारबाट गम्भीर घाइते भएका एकको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारकै क्रममा आइतबार साँझ मृत्यु भएको हो । अर्का घाइतेको भने ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।

चिनबाट केही दिन अघि मात्र आएका ३८ वर्षीय फेङ जेङयुङ नाम गरेका चिनियाँ नागरिकले दुई जनामाथि इन्द्रचोकमा चक्कु हानेका थिए । उक जनाको छाती र एक जनाको पेटमा चक्कु प्रहार गरेका उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । घाइते हुनेमा एकजना चिनको हुनान प्रान्त र अर्का घाइते चिनको हेलुङज्याङमा ठेगाना रहेको उनीहरुको साथमा रहेको परिचय पत्रबाट खुलेको थियो । आक्रमण गर्ने ३८ वर्षीय फङचङ युनले पैसाको लेनदेन र व्यक्तिगत रिसिबीका कारण आक्रमण गरेको प्रहरीलाई बताएका छन् ।

यो समाचार पनि पढ्नुहोस्

इन्द्रचोकमा दुई चिनियाँ नागरिकमाथि चक्कुप्रहार, घाइतेको अवस्था चिन्ताजनक