images

तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं, ११ पुुस । प्रधानमन्त्री पुष्पकमल दाहालले आज पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित एक समारोहमा नवनियुक्त प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् ।

त्यसैगरी आजै तीन उपप्रधानमन्त्री र ४ मन्त्रीले पनि सपथ लिएका छन् । ८ सदस्यीय मन्त्रिपरिषदमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानमन्त्री रहेका छन् । उपप्रधानमन्त्रीसहित एमाले नेता पौडेलले अर्थ, माओवादी केन्द्रका नेता श्रेष्ठ भौतिक पूर्वाधार र रास्वपाका अध्यक्ष लामिछानेले गृह मन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी नेकपा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई मन्त्री बनेका छन् । त्यसैगरी जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनेका छन् ।