images
images

प्रम प्रचण्डलाई भेट्न बालुवाटार पुगे केपी ओली

काठमाडौ, १९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन बालकोटबाट बालुवाटार पुगेका हुन् ।

मंगलबार साँझ अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेको र दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको ।

भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको बताइएको छ ।

सरकार गठन भएको दुई साता हुँदा पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। अर्कातिर प्रधानमन्त्रीसँगै शपथ लिएका चार मन्त्रीले अझै पनि मन्त्रालय पाउन सकेका छैनन्।

यस्तो अवस्थामा प्रधानमन्त्रीसँग छलफलका लागि ओली बालुवाटार पुगेका हुन्। सोमबार मात्रै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीसँग बालकोट र प्रचण्डसँग बालुवाटारमा संवाद गरेका थिए।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS