images
images

सुन्धारा सिभिल मलमा युवकले पेटेल छर्केर आफैलाई आगो लगाए

काठमाडौं । आफैँलाई पेट्रोल छर्केर आगो लगाएको अवस्थामा सुन्धारास्थित सिभिल मलमा एक जनालाई प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार बिहीबार बिहान ११.१५ बजे काठमाडौं महानगरपालिका १६ बस्ने २१ वर्षीय विसन गुरुङले पेट्रोल छर्किएका हुन्।

सिभिल मलमा एक युवाले पेट्रोल छर्किएर आत्महत्या गर्न लागेको खबर आएपछि प्रहरी टोली उद्धारका लागि पुगेको थियो।

गुरुङले पेट्रोल छर्केर आगो लगाएको अवस्थामा स्थानीय र मलका सुरक्षा गार्डले आगो निभाएका थिए। प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले ती युवालाई उद्धार गरी उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याएका थिए।

ट्रमामा उपचार हुन नसकी उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। हालः कीर्तिपुरमा उपचार भइरहेको छ। घाइते गुरुङको अनुहार र शरीरको विभिन्न भागमा आगोले पोलेको छ। उनले किन आत्मदाह गर्न खोजे कारण खुल्न नसकेको प्रवक्ता मैनालीले बताए। घटनाको विषयमा प्रहरी वृत्त जनसेवाबाट अनुसन्धान भइरहेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS