images
images

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरू

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरू भएको छ ।

बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो ।

प्रतिनिधि सभाको सभामुख र उपसभामुख चयन पछिको यो पहिलो बैठक हो ।

बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यसूची रहेको छ ।

त्यस्तै, राष्ट्रियसभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस हुने तयारी रहेको छ। साथै, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS