images

बाजुरामा भूकम्पमा परी एक जनाको मृत्यु, भौगोलिक विकटताका कारण उद्दारमा समस्या

काठमाडौं। मंगलबार दिउँसो बाजुरामा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको गौमुल गाउँपालिका वडा नं २ की जमुना रोकाया भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

घाँस काट्न गएको सोही क्रममा भूकम्पले हल्लाउँदा खसेको ढुंगाले लागेर मृत्यु भएको कार्यालयले जनाएको छ । त्यसैगरी भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन । 

त्यसैगरी जिल्लाभर पूर्ण र आंशिक गरी ३० वटा घरमा क्षती पुगेको र भूकम्पपछि गएको पहिरोमा परि ५० वटा भेडा पुरिएको छ ।

भौगोलिक विकटताका कारण उद्दारमा समस्या भएको र भोलिसम्म त्यहाँ प्रहरी पुग्ने र उद्दारको काम हुने कार्यालयले जनाएको छ