images

संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा निधन

काठमाडौं । मंगलबार दिउँसो संसद भवन अगाडि आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।

ब्यावसायिक जीवनमा असफलता भोगेको भन्दै मंगलबार दिउँसो उनले शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए ।

प्रहरीले तत्कालै आगो निभाएर उनलाई अस्पताल पुर्‍याए पनि उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।