images

आजपनि देशका केही ठाउँमा वर्षा र हिमपातको संम्भावना

काठमाडौं । देशका पश्चिमी भागमा मंगलबारदेखी पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण मंगलबार पश्चिमी जिल्लाहरुमा बर्षासंगै हिमपात भएको छ ।

पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण आजपनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि पानी र हिमपात हुने सम्भावना न्यून छ ।