images
images

पेट्रोलियम पदार्थको खुल्ला बिक्रीवितरण गरे कडा कारबाही गरिनेछ : प्रहरी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंलेअति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलवार राति सूचना जारी गरी पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको हो ।

मंगलवार दिउँसो एक युवाले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीमा प्रतिबन्ध लगाउने भएको हो ।

पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षति समेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौंका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किन लगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गरेका छन् ।

सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानूनबमोजिम हैदसम्मको कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS