images

रोल्पामा आमा छोरा झुण्डिएको अवस्थामा मृत फेला

रोल्पा । रोल्पामा आमा छोरा मृत फेला परेका छन्।

रोल्पा नगरपालिका वडा नं.६ घर भएकी ३४ वर्षीया आमा चन्द्राकुमारी दमाई र उनका १५ वर्षीय छोरा मुकेश विक मृत फेला परेका हुन्।

रून्टीगढी गाउँपालिका वडा नं. ७ बलबाङस्थित एक घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार बलबाङका स्थानीय सुन्दर चलाउनेको खाली घरभित्र बलोमा एउटै सल काटेर दुई वटैले सोही सलको प्रयोग गरी झुण्डिएर आत्महत्या गरेको भन्ने खुलेको छ।