images

विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव  ‘डिएनए’ परिक्षणबाट पहिचान गरिने

काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव अझै पहिचान हुन सकेको छैन् ।

काठमाडौं ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ ।

४२ जनाको शव पहिचान भैसकेको भएपनि छ जनाको शव अत्यधिक जलेको हुनाले पहिचान हुन नसक्दा आफन्तको जिम्मा लगाउन सकिएको छैन् । बाँकि सवको अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने जनाइएको छ ।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिने छ । अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलका अनुसार ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको छ ।

यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो ।