images

आत्मदाह गरेका आचार्यका परिवारलाई भेट्न अस्पताल पुगे गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन् ।

आफ्रनै शरिरमा आगो लगाएका आचार्यको उपचारका क्रममा आज कीर्तिपुरमा निधन भएको थियो ।

अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ ।

यसअघि बिहान मात्र सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका थिए ।