images

आचार्यको आत्मदाहलाई श्रद्धाञ्जली दिएर मात्रै उन्मुक्ति नमिल्ने कांग्रेस महामन्त्री शर्माको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरमा उभ्याएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री शर्माले दुखी बनेर श्रद्धाञ्जली दिएर मात्रै उन्मुक्ति नमिल्ने बताएका छन् ।

नीति बदलिएर नपुगेको भन्दै थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी रहेको उनले उल्लेख गरेका छ । उनको आत्मदाहको ऐनामा आफूहरूको अनुहार रहेको भन्दै शर्माले केही भिन्न नसोची भिन्न बन्न नसक्ने बताउनुभयो ।