images

मुख र जिब्रोमा आउने खटिराले हैरान हुनुहुन्छ ? यस्ता छन घरेलु उपचार विधी

काठमाडौं । धेरै मानीसहरुलाई मुख र जिब्रोमा आउने खटिराले सताइरहेको हुन्छ । हामी यस्ता समस्यालाइ सामान्यरुपमा लिइरहेका हुन्छौं । के कारणले गर्दा हामीमा यो समस्या आएको हो भन्ने सम्म पनि हामी ख्याल गर्दैनौं । तर हामीलाई बेलाबेला यस्ता समस्याले सताइरहेको हुन्छ । मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । यो समस्याले ग्रस्त हुनुहुन्छ भने पनि नआत्तिनुस् । यसको घरेलु उपचार विधी यस्ता छन् ।

लिकोरिस वा मुलेठी – मुलेठीको काँढा बनाएर चिस्याउनुस् अनि कपडा वा चियादानीले छान्नुस् । अनि यसको पानीले दिनमा तीनचारचोटि कुल्ला गर्नुस् । मुख र जिभ्रोका खटिरा हराउँछन् ।

घिउकुमारी – घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ अनि खटिरा पनि छिट्टै निको हुन्छ ।

नरिवल पानी – नरिवलको पानीले पनि खटिरा ठीक पार्छ ।

हरियो धनियाको रस – धनियालाई पानीमा उमाल्नुस् । अनि त्यसको पानी छानेर चिस्याउनुस् र कुल्ला गर्नुस् । खटिरा गायब भइहाल्छन् ।

मह – महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछन् ।

अलैंची चूर्ण – अलैंचीको धूलोलाई महमा चोपेर खटिरामा लगाउने अनि (र्याल चुहाउने हो भने पनि खटिरा बिलाउँछन् ।

अम्बाका पात – अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिभ्रो सफा हुन्छ अनि खटिरा पनि हराउँछ ।