images
images

भारतीय दूतावासले  ७४ औं गणतन्त्र दिवस मनायो

काठमाडौं । भारतको ७४ औं गणतन्त्र दिवशको अवसरमा काठमाडौं स्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ।

बिहिबार दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो।

सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै कही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ।

साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीको सम्मानमा उनीहरूको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण
गरिएको थियो।

त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाउनु भएको थियो ।

भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS