images

राष्ट्रपति भण्डारीद्धारा फूलमाला, टीका र प्रसाद ग्रहण गरि वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गर्नुभएको छ ।

राष्ट्रप्रमुखले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा अनुसार राष्ट्रपति भण्डारी नासलचोक पुग्नुभएको हो । उक्त अवशरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो ।

यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै गर्दै आएको पाइन्छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गर्नुभयो । वसन्त श्रवणको अवसरमा राष्ट्रपति भण्डारीले देवी सरस्वतीको पूजा आराधना समेत गर्नुभएको छ ।

वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालगायतको उपस्थिति थियो ।