images

काठमाडौं महानगरले दुई महिनामा ९ हजार अनधिकृत होर्डिङ बोर्ड हटायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाको अवधिमा ९ हजार अनधिकृत होर्डिङ बोर्ड हटाएको छ।

मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो। गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो।

सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो।

तोकिएको समय सकिएपछि कात्तिक २७ गतेदेखि अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो। यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ। दुई महिनाको अवधिमा सो संख्यामा बोर्ड हटाइएको हो।