images

अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको राजीनामा माग

काठमाडौं । सरकारले कक्षा ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेसंगै विद्यार्थी संगठन अनेरास्ववियूले बिरोध प्रर्दशन गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज बिहान शिक्षामन्त्री शिशिर खनालको प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पुत्ला दहन गरेको हो ।

अनेरास्ववियूले शिक्षामन्त्री खनालले निजीलाई पोसेको, गरीब विद्यार्थीको हितमा नभएको आरोप लगाएको छ । 

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको पनि अनेरास्ववियुको आरोप छ । जनक शिक्षा सामाग्री केन्द्र मास्नेका विरुद्ध एकजुट भएर लड्नुपर्ने अनेरास्ववियुको तर्क छ ।

अनेरास्ववियूले मन्त्री खनालको राजीनामा समेत मागेको छ ।अनेरास्ववियूले मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाएको छ ।