images

लालपुर्जा माग्दै सुकुम्वासी सडकमा

काठमाडौं । काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुम्वासीले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आव्हानमा लालपुर्जा माग्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

महानगरले जबरजस्ती डोजर लगाएर आफूहरूलाई उठाउन लागेको उनीहरूको गुनासो छ ।

प्रदर्शनकारीले जबरजस्ती उठीबास बन्द गर, डोजर आतंक बन्द गर, महानगरको सम्झौता कार्यन्वयन गर, काठमाडौं सुकुमबासीको पनि हो, जस्ता नाराअंकित प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् ।