images

तत्काल पार्किङको व्यवस्था गर्न काठमाडौं महानगरपालिकलाई दरबारमार्ग विकास बोडको दबाव

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा पार्किङको तत्काल व्यवस्था नगरे दरबारमार्ग विकास बोर्डले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रवार बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा हटाएको पार्किङ तत्काल कायम नगरे महानगरबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

बोर्डले विगत लोमा समयदेखि दबारमार्ग क्षेत्रमा वडा कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सडकको एक लाइनमा पार्किङ गर्दै आएको र एक लाइन पार्किङले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नभएको बताएको छ । बोर्डसँग छलफल र संवाद नगरी पार्किङ हटाउने निर्णय बोर्डले नमान्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बोर्डका पूर्वअध्यक्ष गोपाल कक्षपतीले स्मार्ट पार्किङ राखेर व्यवस्थित रूपमा पार्किङ भइरहेको बेलामा महानगरपालिकाले एक्कासी बन्द गरेको बताउनु भयो । उहाँले महानगरले बोर्डसँग तत्काल छलफल गरेर पार्किङ व्यवस्था तत्काल गर्नुपर्ने बताउनु भयो ।

उहाँले महानगरले एक्कासी पार्किङ हटाउँदा दरबारमार्गको रौनकता र आगन्तुकहरुप्रति पर्ने असुविधा र व्यापारमा पर्ने प्रभावको विषयमा नसोचेको आरोप लगाउनु भयो । उहाँले महानगरले दरबारमार्गको रौनक,पर्यटकहरुलाई उचित सुविधा र विश्वसनियता कायम राख्न तत्काल पार्किङ स्थललाई यथावत राख्न आग्रह गर्नुभयो ।

उहाँले महानगरले बोर्डको मागलाई सम्बोधन नगरे चरणवद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने बताउनु भयो ।

उहाँले महानगरले दरबारमार्ग क्षेत्रका पार्किङ हटाउँदा त्यस क्षेत्रको व्यापार ५० प्रतिशतले खुम्चिएको बताउनु भयो ।

उहाँले पार्किङ नहटाउँदा दरबारमार्गमा मात्र दैनिक १० देखि १२ करोडको व्यापार हुने गरेको बताउँदै अहिले ४/५ करोडमा सिमित हुन पुगेको र पार्किङ नहुँदा ग्राहक पनि आधाभन्दा बढी घटेको बताउँदै व्यवसायीको व्यापार मात्र नभई सरकारले राजश्वसमेत घटेको बताउनु भयो ।