images

पोखरा हवाई दुर्घटनामा हराएका शिशुको शव अझै भेटिएन

काठमाडौँ । पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जना शिशुको शव अझै भेटिएको छैन् ।

शवको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ ।

कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।