images

वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र बनाउने काठमाडौं महानगरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्ने भएको छ ।

यहि माघ १५ गते आइतबारदेखि पहिलो चरणमा महानगरपालिकाले ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउनका लागि विवरण संकलन गर्ने भएको हो ।

महानगरपालिकाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको छ ।

सुरुमा ९ वटा वडा कार्यालयबाट र पछि क्रमशः ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउन महानगरपालिकाले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको जनाइएको छ ।