images

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ खाली भएको जानकारी गराइने छ ।

सर्वोच्च अदालतको आदेश अनुसार लामिछाने निर्वाचित हुँदा उहाँको नागरिकता नै अवैध रहेकाले सांसद पद खारेज भई उक्त क्षेत्र खाली भएको जानकारी गराइने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ ।